नवलपरासीमा मतगणना सम्पन्न : जीतपछि निस्कियो र्याली
शुक्रबार, ०५ जेठ २०७४, ०९ : ५१
परासी, जेठ ५ - नवलपरासीको नवलपुर क्षेत्रमा पहिलो चरणको स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । यस क्षेत्रमा रहेका ८ वटा स्थानिय तहमध्ये ६ वटा स्थानिय तह नेपाली कांग्रेसले जितेको छ भने २ तहमा नेकपा एमालले बाजी मारेको छ । माओबादी केन्दले्र भने कुनै तह आफनो पक्षमा लिन सकेन ।
जिल्लाको देवचुली, मध्यविन्दु नगरपालिका र बिनयी त्रिवेणी, हुप्सेकोट, बुंदिकाली, बुलिंगटार गाउँपालिका गरि ६ वटा स्थानिय तहको प्रमुखमा कांग्रेसले कब्जा जमाएको छ भने गंैडाकोट, कावासोती नगरपालिकाको प्रमुख पदमा एमालेले बिजयी भएको छ ।
यसरी गंैडाकोट नगरपालिकाको मेयरमा एमालेका छत्रराज पौडेले बिजयी भएका हुन् भने उप मेयरमा कांग्रेसी कि विष्णु कडेल सापकोटा बिजयी भएकी हुन् । त्यस्तै देवचुली नगरपालिकाको मेरमा पदमा कांग्रेसका पुर्ण कुमार श्रेष्ठ र उप मेयरमा एमालेकि लक्ष्मी बस्ताकोटी जितेकी हुन् । कावासोती नगरपालिकाको मेयर पदमा एमालेको चन्द्रा कुमारी पुन र उपमेयरमा पनि एमालेकै प्रेस शंकर मर्दनिया थारुले कब्जा जमाएका छन् । मध्यविन्दु नगरापलिकाको मेयरमा नेपाली कांग्रेसका चन्द्र बहादुर राना, उपमेयरमा पनि कांग्रेसका ओम कुमारी महतोले सेटै बिजयी भएका छन् ।
त्यस्तै ४ गाउँपालिकाहरुमा कांग्रेसले नै कब्जा जमाएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको प्रमुखमा डम्बर बहादुर जिसी र उपप्रमुखमा कांग्रेसकै मिना राना बिजयी भएकी छन्, बुंदिकाली गाउँपालिकाको प्रमुखमा कांग्रेसका दुर्गा बहादुरा राना र उप्रमुखमा कांग्रेसकै माया देवी श्रेष्ठले जितेकी छन् । बुलिंगटारमा पनि कांग्रेसकै उम्मेदवार शशिकिरण बस्ताकोटी प्रमुख र मैना वि.क उप प्रमुखमा बिजयी भएकी छन् । त्यस्तै हुप्सेकोटको प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् भने उप प्रमुखमा एमालेकि कोपिला मल्ल विजयी भइन् ।
यस नवलपुर क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेको दुई पक्षिय प्रतिस्पर्धा भएको कारण कांग्रेस र एमालेको सिट मात्र आएको छ । ५ दिनको मतगणना पश्चात आज विहान सबै क्षेत्रको मतगणना सम्पन्न भएको । निर्वाचन अधिकृतहरुले सबै स्थानिय तहको नतिजा औपचारिक रुपमा घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण