शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखाको मतपरिणाम : ९ मा काँग्रेस, माओवादी २ मा, एमाले र नयाँ शक्तिले जित्न सकेन

शुक्रबार, ०५ जेठ २०७४, १० : १०
शुक्रबार, ०५ जेठ २०७४
गोरखा - गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सकिएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् । गोरखा नगरपालिकामा काँग्रेस गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याए । उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा एमालेले जितेको हो भने नेकपा ९माओवादी केन्द्र०ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ । पालुङटारमा काँग्रेस गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरे । उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित हुनुभएको छ । बसेलले चार हजार ४९४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याएका छन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो । यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो । भीमसेनमा काँग्रेस गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भएका हुन् ।काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरेका हुन् । आरुघाटमा काँग्रेस आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी हुनु भयो भने काँग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो । चुमनुब्रीमा काँग्रेस उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भए। काँग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले काँग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो । धार्चेमा काँग्रेस धार्चे गाउँपालिकामा काँग्रेसका सन्तबहादुर गुरुङ ९सन्तोष० एक हजार ७०९ मतका साथ विजयी भएका छन् । उपप्रमुख पदमा काँग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी हुनुभयो । काँग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो । अजिरकोटमा काँग्रेस अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएको छ । उपप्रमुखका काँग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भए । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई काँग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो । सिरानचोकमा काँग्रेस सिरानचोक गाउँपालिकामा काँग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल भएको छ । यस्तै, उपप्रमुखमा काँग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याए । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई काँग्रेसले हराएको हो । गण्डकीमा काँग्रेस गण्डकी गाउँपालिकामा काँग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ विजय हासिल गर्नुभएको छ । काँग्रेसकी ललिता अधिकारीले चार हजार ९७ मतले उपप्रमुखमा विजय हासिल गरे। प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई काँग्रेसले हराएको हो । सहिद लखनमा माओवादी सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी हुनुभयो । काँग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो । सुलिकोटमा माओवादी गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भए । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी भए । काँग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो । मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय ¥याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप