चिनियाँ र अमेरिकी युद्ध विमान आमनेसामने
एजेन्सी
वासिङटन, जेठ ५ – अमेरिकी सेनाले दुईवाट चिनियाँ सुखोइ सु–३० युद्ध विमानले आफ्नो युद्ध विमानलाई ‘अव्यवसायिक’ तरिकाले रोकेको आरोप लगाएको छ ।
अमेरिकी सेनाले आफ्नो विमान पूर्वी चिनियाँ समुद्रको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको बेला यो घटना भएको बताएको छ । आफ्नो विमान त्यस क्षेत्रमा रेडिएसनको मात्रा अध्ययन गर्ने मिसनमा रहेको दाबी गरेको छ ।
सिएनएनसँग कुरा गर्दै अमेरिकी अधिकारीले एउटा चिनियाँ विमान ४५ मिटर नजिकसम्म आएको बताएका छन् ।
यस क्षेत्रमा अमेरिकी चाँसोका कारण दुई देशबीच लामो समयदेखि तनाव रहेको छ ।
अमेरिकी एयर फोर्सका प्रवक्ता लोरी हजले यो विषय चीनसँग उपयुक्त कुटनीतिक च्यानलबाट समाधान गरिने बताए ।
उनले यसबारेमा सैनिक अध्ययन भइरहेको बताउँदै चिनियाँ विमानले अव्यवसायिक हस्तक्षेप गरेको बताए ।
अमेरिकी आफ्नो स्निफर विमान प्रयोग गरेर उत्तर कोरियाले परमाणु परिक्षण गरे नगरेको पत्ता लगाउँदै आएको छ ।
गत फेब्रुअरीमा अमेरिकी युद्धपोतले साउथ चाइना सीमा अपरेसन शुरु गरेको थियो जसलाई अमेरिकाले नियमित अपरेसन बताए पनि चीनले त्यसलाई हस्तक्षेप भन्दै विरोध गरेको थियो ।
गत मे २०१६ मा चिनियाँ फाइटरले यसरी नै साउथ चाइना सीको हवाई क्षेत्रमा अमेरिकी जहाजलाई हस्तक्षेप गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण