इन्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि घातक
एजेन्सी
लण्डन, जेठ ५ – बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ ।
उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो ।
जसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीरको छविलाई आधार बनाइएको थियो ।
रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानिसक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउँछन् ।
रिपोर्टले भन्छ, समाजिक सञ्जालले युवाहरुको लागि मानसिक समस्या बढाइरहेको छ ।
अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरु यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् । यद्यपि, अहिलेको अध्ययनले यस्ता खतरा के केमा हो भनेर चाहीँ प्रष्ट पारेको छैन ।
इस्ला अहिले २० वर्षकी भइन् । टिनएजर हुँदा उनी समाजिक सञ्जालमा सक्रिय थिइन् । शुरुवातमा उनलाई समाजिक सञ्जालबाट आफूलाई महत्व दिइएको भान भयो । तर, विस्तारै उनी वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालिन् जसले उनलाई १६ वर्षको उमेरमा नै डिप्रेसनमा पुर्यायो । तर, पछि उनी यसबाट उम्कन पनि सफल भइन् । अहिले समाजिक सञ्जाललाई नै उनले सकारात्मक रुपमा प्रयोग गर्न सुरु गरेकी छिन् । उनी मानसिक स्वास्थ्यबारे लेख्छन् र मानिसहरुसँग कुरा गर्छन्, उनीहरुलाई यसबारे सचेत गराउँछिन् ।
अनलाइन गरिएको सर्वेक्षणमा युट्युव, इन्सटाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो पारिरहेको भनेर सोधिएको थियो । जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्सटाग्रामबाट सबैभन्दा बढी नाकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण