अमेरिकाको टाइम्स स्क्वायरमा पैदल यात्रुमाथि चढ्यो कारः १८ वर्षे युवतीको मृत्यु, २२ घाइते (फोटोफिचर)
डेली मेल
न्यूयोर्क – अमेरिकाको न्यूयोर्कको लोकप्रिय पर्यटन स्थल टाइम्स स्क्वायरमा पैदल यात्रुमाथि कार चढेपछि १८ वर्षे युवतीको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
मिचिगनकी एलिसा एल्सम्यान दुर्घटना हुँदा आफ्नाी बहिनीसँग मिडटाउन म्यानहटनको बाटोमा हिडिँरहेकी थिइन् ।
ब्रोङ्क्सका २६ वर्षे रिचर्ड रोजस उक्त दुर्घटनाका दोषी पाइएका छन् । आपराधिक रेकर्ड भएका रिचर्ड अमेरिकी सेनासँग सम्बन्धित भएको बताइन्छ । उनले दुर्घटना अघि सिन्थेटिक गाँजाको सेवन गरेको बताइएको छ ।
२२ जना घाइतेमध्ये सातजनाको स्थिती नाजुक भएको बताइएको छ । अन्य १५ जना सामान्य घाइते भएका र अस्पताल नलगिएको डेली मेलले बताएको छ ।
मृतक एल्सम्यानकी १३ वर्षीया बहिनीको अवस्था भने अज्ञात छ ।
एल्सम्यानले मृत्यु हुनुपूर्व आफ्नो इन्स्टाग्राम अकाउन्टमा टाइम्स स्क्वाएरको भिडियो पोष्ट गरेकी थिइन् । उनी दुर्घटना हुँदा आफ्नी आमा, बहिनी र साथीसँग भएको न्यूयोर्क पोष्टले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण