शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुचुल्का भन्दा धेरै मत पाइएपछि चितवनको खैरहनीमा मतगणना रोकियो

शुक्रबार, ०५ जेठ २०७४, १० : ४०
शुक्रबार, ०५ जेठ २०७४

चितवन, ५ जेठ । पूर्वी चितवनको खैरहनीमा मतगणना रोकिएको छ । मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना कार्य रोकिएको हो ।

बिहीबार अपराह्न ४ बजेबाट रोकिएको मतगणना अहिले बिहान पनि हुन सकेको छैन । मुचुल्काभन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको हो । हिजोको दलबीचको छलफल अनिर्णित भएपछि आज बिहानका लागि पुनः बैठक बोलाइएको खैरहनी नगरपालिकाका निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए ।

उनका अनुसार मुचुल्का उठाउँदा खैरहनी–७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ । वडा नं ७ को मतगणनाका क्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएको हो ।

मुचुल्कामा भन्दा १४ वटा मतपत्र बढी देखिएपछि नेकाले पुनः मतगणनाको माग गरेको छ । हाल मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएकाले मतगणनाको आवश्यक नहुने निरौला बताउँछन् । सोही विषयमा भएको विवादले गर्दा यहाँ मतगणना रोकिएको हो । अहिलेसम्म भएको गणनामा ६ वटा वडामध्ये दुईवटा एमालेले जितेको र तीनवटा काँग्रेसले जितेको छ ।

खैरहनीमा पछिल्लो मतपरिणामअनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने काँग्रेसको चार हजार २०२ र माओवादी केन्द्रको दुई हजार ८५ छ । यस्तै, उपप्रमुखमा एमालेको चार हजार ३९३, काँग्रेसको चार हजार ४१८ र माओवादी केन्द्रका एक हजार ७५८ मत रहेको छ ।

जिल्लाको माडी र इच्छाकामनाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने अन्य चार स्थानीय निकायमा मतगणना जारी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप