शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'काठमाडौँको निर्वाचन सुरक्षाका दृष्टिकोणले सफल'

शुक्रबार, ०५ जेठ २०७४, १० : ४४
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौँ, ५ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षाका हिसाबले पहिलो चरणको काठमाडौँको निर्वाचन सफल भएको जनाएको छ ।

परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाल प्रहरीको अथक प्रयास र सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगले काठमाडौँको निर्वाचन सफल भएको बताए ।

परिसरले काठमाडौँमा भएको स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५०० प्रहरी र दुई हजार ७५८ म्यादी प्रहरी परिचालन गरेको थियो ।

उनले एउटा मतदान केन्द्रमा न्यूनतम पाँचदेखि अधिकतम आठजना प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताए ।

प्रवउ जोशीले निर्वाचन बिथोल्न सक्ने व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिइएकाले निर्वाचन शान्त र भयरहित भएको दाबी गरे । उनले भने, “निर्वाचन बिथोल्न सक्ने व्यक्तिको पहिचान गरी चार दर्जनभन्दा बढी व्यक्तिलाई हामीले नियन्त्रणमा लियौँ, त्यसैले निर्वाचनमा सहज भयो ।”

काठमाडौँमा एउटा महानगरपालिका र १० वटा नगरपालिकाका ६८७ मतदान केन्द्र रहेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप