पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनकः एमाले
काठमाडौं, जेठ ५–नेकपा एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक नतिजा सन्तोषजनक रहेकोे प्रतिक्रिया दिएका हुन् । उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामले सिंगो पार्टी पंक्तिलाई उत्साहित बनाएको पनि स्पष्ट पारे । सचिव भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी समेत गरे । एमालेले शुक्रबार दिउँसो एक बजेसम्म १ सय ३ वटा स्थानमा जित हासिल गरेको छ ।
सचिव भट्टराईले कतिपय ठाउँमा पार्टी भित्र बलियो एकता नहुँदा पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको उल्लेख गरे । एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन पनि सरकारसँग माग गरेको छ । पहिलो चरणको निर्वाचनमा सत्तारुढ दलहरुले राज्य शक्तिको दूरुपयोग गरेको निष्कर्ष निकालेको एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरेको हो । सचिव भट्टराईले दोस्रो चरणको निर्वाचनमा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकार र सत्तारुढ दलहरुसँग माग गरे । नेकपा एमालेले दोस्रो चरणको निर्वाचनको तयारीलाई अघि बढाएको जनाएको छ । एमालेले पहिलो चरणको निर्वाचनमा हालसम्मको मत परिणाममा पहिलो स्थान हासिल गरेको छ । एमालेले चार वटा नगरपालिका मध्ये काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा अग्रता कायमै राखेको छ भने ललितपुर महानगरपालिकामा झिनो मत अन्तरले काँग्रेस अघि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण