शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नियन्त्रित लागूऔषध सहित दुई जना बल्खुबाट पक्राउ

शुक्रबार, ०५ जेठ २०७४, १४ : १७
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौं, जेठ ५– नियन्त्रित लागू औषध कारोबारमा संलग्न सप्तरी स्थायी घर भएकी सीतादेवी शर्मा र पर्साका रवीन्द्र उपाध्याय पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं–१४ बल्खुबाट उनिहरुलाई पक्राउ गरेको हो ।

अभियुक्त हरुको साथबाट डाईजेपाम ३७६ एम्पुल, सोही परिणामको बुप्रेनोर्फिन र फेनारगन समेत गरी जम्मा ११२८ एम्पुल तथा १६७ पिस नाईट्राभेट ट्याब्लेट बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

सप्तरीको तिलाठी–५ स्थायी घर भएकी ४५ बर्षिय सितादेवी शर्मा राजधानीको बसुन्धरा बस्दै आएकी थिईन् । उनिहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरेर अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप