प्रधानमन्त्रीद्वारा नवलपरासीको शास्वतधाम अवलोकन : ७ तस्वीरमा
परासी, ५ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले नवलपरासीमा निर्मित शास्वतधामको आज अवलोकन गरेका छन् । आज विहान १० बजे प्रधानमन्त्री दाहालले नवलपरासीको देवचुली नगरपालिका स्थित दुम्कौलीमा सिजी फाउडेशनद्वारा निर्मित शास्वत धामको अवलोकन गरेका हुन् ।
करिब ७ विगाहामा फैलिएको उक्त धाममा विभिन्न देवि देउताको मठ मन्दिर, प्राचिन वस्तुहरुको संग्राहालय र मनोरन्जनात्मक पार्क समेतको निर्माण गरिएको छ ।
धामको अवलोक गर्दै प्रधानमन्त्री दाहालले, ‘भने यो धाम नेपालको गौरवको रुपमा लिइएको छ यसले नेपाललाई चिनाउन थप एउटा माध्यम बनेको छ ।’ यसको संरक्षण र प्रवद्र्धनमा सरकारले चाँसो दिने प्रतिवद्धता उनले व्यक्त गरे ।
नेपालकै प्रतिष्ठित उद्योगी विनोद चौधरीले प्रधानमन्त्री दहाललाई धामको भ्रमण अवलोकनको निम्तो दिएपछि प्रधानमन्त्री दहालले धामको भ्रमण अवलोकन गरेका हुन् । धाममा नेपाल भारतका गरि दिनमा हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण