भक्तपुर ६ र ७ मा नेमकिपा, सूर्यविनायक ४ मा एमाले विजयी
भक्तपुर, ५ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ को वडाध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ ।
वडाध्यक्षमा एमालेका उम्मेदवार उत्तम थापाले एक हजार ४४३ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीप्रसाद न्यौपाने एक हजार ४४ मत प्राप्त गर्नुभएको थियो ।
एमालेबाट महिला सदस्यतर्फ तारा सापकोटा खतिवडा, दलित महिला सदस्य पम्फा परियार, सदस्य राजु लुबञ्जार श्रेष्ठ र देवलाल राजथला विजयी हुनुभएको छ ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ र ७ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारको प्यानल विजयी भएको छ । भक्तपुर नगरपालिका–६ मा अध्यक्षमा नेमकिपाका हरिराम सुवालसहितको प्यानल विजयी भएको छ । सुवालले दुई हजार ५३० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका रमेश राजचलले ३४३ मत प्राप्त गर्नुभएको थियो ।
महिला सदस्यमा रोशनमैयाँ सुवाल, दलित महिला सदस्यमा सीतादेवी नेपाली, सदस्यहरुमा गाविन्द दुवाल र सिद्धिराम अवाल विजयी हुनुभएको छ ।
भक्तपुर नगरपालिका–७ को वडाध्यक्षमा नेमकिपाको उकेश कवाँको प्यानल विजयी भएको छ । कवाँले तीन हजार नौ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बालाश्रेष्ठले ७७६ मत प्राप्त गर्नुभएको थियो । महिला सदस्यमा रञ्जना त्वाती, दलित महिला सदस्यमा रजनी कपाली, सदस्यहरुमा हरिरत्न गोर्खाली र हेरा ख्याजू विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण