शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चार महानगरपालिकाको मतगणना अपडेट : कसले कति मत ल्याए ?

शुक्रबार, ०५ जेठ २०७४, १४ : २७
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौ, जेठ ५ – काठमाडौ महानगरपालिकाको ३२ हजार ८ सय ९३ मत गणना भैसकेको छ । तीदेखि आठ वडा र २५ देखि ३२ वडाको मत गणना जारी छ । पछिल्लो पटक ३२ जार मतगणना सकिदा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले साँढे तीनहजार मतले कांग्रेसका उममेदवार राजुराज जोशीलाई पछि पार्दै अग्रता कायम राखेका छन् । शाक्यले कांग्रेसका जोशीले ७ हजार ४ सय ९८ मत ल्याउदा ११ हजार ८२ मत ल्याएका छन् । त्यस्तै काठमाडौको उपमेयरतर्फ कांग्रेसका हरिप्रभा खड्गी अगाडि छन् । उनले ९ हजार ८ उनान्असि मत ल्याएकी छन् । त्यस्तै ललितपुरमा कांग्रेसका उम्मेदवार अगाडि छन भने भरतपुरमा र पोखरामा एमाले अगाडी छ । १ काठमाडौ महानगरपलिका अपडेटः नेपाली कांग्रेस राजुराज जोशी (मेयर ) ७४९८ हरिप्रभा खड्गी (उपमेयर )९८७९ नेकपा एमाले विद्यासुन्दर शाक्य (मेयर) ११०८२ राजाराम श्रेष्ठ (उपमेयर राप्रपा ) ५९४८ विवेकशील रन्जु दर्शना न्यौपाने (मेयर) ४२२३ साझा पार्टी किशोर थापा (मेयर )३४९८ माओबादी सर्वोत्तम डंगोल (मेयर) १२२६ सुशीला पौडेल (उपमेयर) १६३५ २ ललितपुर महानगरपालिका अपडेट  कांग्रेस चिरिबाबु महर्जन (मेयर) १३०२३ गिता सत्याल (उपमेयर) ९८१५ एमाले हरिकृष्ण व्यनजनकार (मेयर) ११५०८ शोभा शाक्य (उपमेयर) ३ भरतपुर महानगरपालिका एमाले देवी ज्ञवाली (मेयर ) १३६३५ दिव्या आचार्य (उपमेयर )११७३७ माओवादी रेणु दाहाल (मेयर ) १३४३२ पार्वती शाह (उपमेयर )१५५२३ ४ पोखरा लेखनाथ एमाले मानबहादुर जिसी (मेयर )१३८५८ मन्जु गुरुङ (उपमेयर )१३०८५ कांग्रेस रामजी कुँवर (मेयर) १३५५९ सरस्वती गुरुङ –(उपमेयर) १२४०३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप