खैरहनी विवाद प्रकरणः उन्नाइस घन्टापछि मतगणना सुरु
चितवन, ५ जेठ । पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना आज बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिनुभयो ।
मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो ।
बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि आज बिहान भएको छलफलले यस्तो सहमति गरेको उहाँको भनाइ छ । मुचुल्का भन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमा खैरहनी वडा नं–७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ । वडा नं– ७ को मतगणनाका क्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएपछि काँग्रेसले पुनःमतगणनाको माग गरेको थियो । तर मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएको कार्यालयले जनाएको छ ।
मुचुल्कामा गल्ती भएको निरौला बताउनुहुन्छ । अर्धकट्टी मिलेपछि त्यसैलाई आधार मानेर गणना गरिने उहाँको भनाइ छ । अहिलेसम्म भएको गणनामा खैरहनीमा ६ वटा वडामध्ये दुई वटा एमालेले जितेको र तीनवटा काँग्रेसले जितेको छ ।
खैरहनीमा पछिल्लो मतपरिणामअनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने काँग्रेसको चार हजार २०२ र ९माओवादी केन्द्र०को दुई हजार ८५ छ । यस्तै उपप्रमुखमा एमालेको चार हजार ३९३, काँग्रेसको चार हजार ४१८ माओवादी केन्द्रको एक हजार ७५८ मत रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण