वन्यजन्तु तस्करी न्यूनीकरणका लागि सक्रियता
शुक्रबार, ०५ जेठ २०७४, १४ : ३१
टंक कुवर
कैलाली, जेठ ५–जिल्ला वन कार्यालय कैलालीले वन्यजन्तु तस्करी न्यूनिकरणका लागि सक्रियता बढाएको छ ।
कैलालीमा विभिन्न प्रजातीका वन्यजन्तुहरुको चोरी, शिकारी तथा पैठारी हुन लागेपछि जिल्ला वन कार्यालय कैलालीले जनचेतना र न्यूनिकरणको अभियानलाई तिव्रता दिएको हो ।
तस्करहरु भारतबाट कैलाली, कञ्चनपुर, डोटी, दार्चुला, बझाङ् हुँदै संरक्षीत वन्यजन्तुहरुलाई चीनसम्म पुगाउने काम भईरहेकाले यसको नियन्त्रण गर्न उक्त अभियानका साथै, सिआईवि, प्रहरी अनुसन्धान समुह, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दुधवा राष्ट्रिय निकुञ्जसंग सहकार्य गरि गस्ती परिचालन गरिरहेका छौ कैलाली जिल्ला वन अधिकृत डाक्टर राजेन्द्र केसीले बताए ।
कार्यालयले जनचेतना अभियान सञ्चालन गर्नुका साथै सुरक्षा व्यवस्थलाई कडाई गर्दै लगेको जिल्ला वन कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलालीमा ०६८÷०६९ देखि ०७२÷७३ सम्ममा १८ वटा संरक्षित वन्यजन्तुको चोरी शिकारीको घटना भएको जिल्ला वन कार्यालय कैलालीले जानकारी दिएको छ भने आर्थिक वर्ष ०७३÷०७४ को चैत मसान्तसम्ममा चार वटा वन्य जन्तु अपराधका घटना भएका छन् ।
२२ वटा मुद्धामा संलग्न तस्करलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्धा चलाईएको छ ।
उक्त मुद्धामा संलग्न ११ जना भारतीय र ५१ जना नेपाली पक्राउ परेका छन् ।
अधिकांस गैडाका खाग, वदेलको मासु, निल गाई, चितल, चितुवा, पाठे वाघका छाला, अजिंगरका छाला लगायतका वन्यजन्तुहरुको तस्करी हुने गरेको पाईएको डाक्टर केसीले भने । ऐन अनुसार दोषी प्रमाणित भएमा पाँच वर्ष कैद तथा १० लाख जरिवाना सजायको व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण