यो देशका राजाले विगत २१ वर्षदेखि पाइलटको रुपमा ‘पार्ट–टाइम जब’ गरेको खुलासा
द गार्जियन डट कम
हेग, जेठ ५ – नेदरल्याण्डको केही यात्री केएलएम एयरलाइन्सको एक विमानमा यात्रा गरिरहेका थिए । यात्राको क्रममा विमानका सहायक पाइलटले माइकमा बोल्दै आफ्नो परिचय दिए । विमान यात्राको क्रममा यो सामान्य कुरा हो । पाइलट र सहायक पाइलटले यात्रीलाई आफ्नो परिचय दिन्छन् र मौसमबारे जानकारी दिन्छन् । तर जब यात्रीहरुले सहायक पाइलटको आवाज सुने, तब उनीहरु अचम्ममा परे । मौसमको स्थिती र अनुमानित समयको जानकारी दिने यी को–पाइलट नेदरल्याण्डका राजा थिए । राजाको आवाज सुनेर मानिसहरुले उनको पहिचान गरे ।
बुधबार प्रकाशित भएको एक पत्रिकासँगको अन्तर्वार्तामा राजा वेलम अलेक्जेन्डरले आफूले ‘गेस्ट पाइलट’ को भूमिकाबाट केही समय अघि अवकाश लिएको जानकारी दिए ।
५० वर्षका राजा वेलम अलेक्जेन्टरका तीन सन्तान छन् । उनी नेदरल्याण्डका करिब १ करोड ७० लाख नागरिकका राजा हुन् । विमान उडान उनको शौख हो । उनले नेदरल्याण्डको एक पत्रिकासँग कुराकानी गर्दै पछिल्लो २१ वर्षदेखि उनी केएलएम एयरलाइन्समा समय–समयमा विमान उडाउने काम गर्ने गरेको जानकारी दिए । केएलएमभन्दा पहिले एक मार्टिनएयरका लागि पनि उनी गेस्ट पाइलटको रुपमा काम गर्ने गरेको जानकारी दिए । उनी यो एयरलाइन्सको फोकर ७० विमानलाई उडाउँथे । अलेक्जेन्डरले यतिका वर्षसम्म यसलाई गोप्य रुपमा राखेका थिए । फोकर विमानलाई अब सेवाबाट मुक्ति दिएकाले अब राजा अलेक्जेन्डर बोइंग ७३७ विमानलाई उडाउने प्रशिक्षण लिनेछन् ।
राजा एलेक्जेन्डर प्रशिक्षित पाइलट हुन्, यो कुरा कसैबाट लुक्न सकेको छैन । कोही मानिसले उनी केएलएमको विमान उडाउने गरेको भन्ने बारे थाहा पनि थियो तर यो पहिलो मौका थियो जब उनले आफूलाई को–पाइलटको रुपमा आफ्नो पहिचान सार्वजनिक गरे । राजा अलेक्जेन्डर आफ्नो यो भूमिकामा कति नियमित थिए भन्ने बारे स्पष्ट हुन भने सकेको छैन ।
एक स्थानीय पत्रिकाका अनुसार उनी महिनामा दुई पटक विमान उडाउँथे । गेस्ट पाइलटको रुपमा राजा अलेक्जेन्डर सधैं मुख्य पाइलटका सहयोगीको भूमिका निभाउने गर्दथे । पत्रिकासँग कुराकानी गर्दै राजाले निकै कम यात्रीले मात्र आफूलाई पहिचान गर्न सकेको बताए । उनले भने, ‘अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हमलापछि विमानको सुरक्षा बढाइएको छ । यो हमलाभन्दा पहिले त ककपिटको ढोका खुल्ला हुन्थ्यो । मानिसहरु धेरैजसो भित्र चियाएर हेर्ने गर्दथे र मलाई त्यहाँ देख्दा उनीहरु अचम्ममा पर्दथे । ’
केएलएमको आधिकारिक पहिरन लगाएपछि आफूलाई निकै कम मानिसले पहिचान गर्न सकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण