शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रामेछापको सुनापातिमा माओवादीका लामा विजयी

शुक्रबार, ०५ जेठ २०७४, १५ : ००
शुक्रबार, ०५ जेठ २०७४

रामेछाप, जेठ ५ –रामेछापको सुनापाति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित माओवादीको प्यानल नै विजयी भएको छ । सुनापाति गाउँपालिकाको पाँच वटै वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको हो ।

सुनापाति गाउँपालिकाको अध्यक्षमा धावा लामा ४ हजार ७३६ र उपाध्यक्षमा गिता विष्टले ४८२२ मत ल्याएर विजयी भए भने सुनापति गाउँपालिका–१ गुन्सीमा चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीमा कमल केसी, वडा नम्बर ३ हिलेदेवीमा बाबुराम तामाङ वडा नम्बर ४ बेथानमा माओवादीबाटै स्वतन्त्र उम्मेदवार खड्क घिसिङ र वडा नम्बर ५ खनियापानीबाट ठूलोकान्छा तामाङ विजयी भए । सुनापाति गाउँपालिकामा एमाले अध्यक्षका उम्मेदवार प्रदीप योञ्जनले १ हजार २०१ र उपाध्यक्षका उम्मेदवार पासाङ डोल्मा लामाले १ हजार १९९ मत प्राप्त गरे । त्यसैगरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्र मोक्तानले ३ हजार ९६६ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी विनिता खडकाले ३७३३ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप