गुण्डा नाइके चक्रे मिलन र दीपक मनाङ्गे तारेखमा छुटे
काठमाडौँ, जेठ ५ – महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा बिहीबार कार्यालय समय सकिनेबेला महिलाको जस्तै लामो कपाल भएका एक युवा लाई उपस्थित गराईयो । मुद्दा शाखाका प्रमुख (डिएसपी) सिद्धीविक्रम शाहले सोधे, ‘तारेखमा आउने गरी छाड्न लागिएको हो, थाहा होला नी ?’ त्यसपछि कपाल पालेका युवाले प्रतिप्रश्न गरे, ‘सिडीओ कार्यालयमा हैन ?’
‘सिडीओ कार्यालयमा पनि हो, यहाँ पनि हो’ डिएसपी शाहले फेरी थपे, ‘यहाँ हरेक दिन आउनुपर्छ, लिन पठाउनु नपरोस !’
डिएसपी शाहको चेतावनीयुक्त अभिब्यक्ती सुनेपछि हाँस्दै ‘हुन्छ’ भन्ने ब्यक्ति थिए गुण्डा नाईको चक्रे मिलन !
गत वैशाख २६ गते चक्रपथबाट पक्राउ परेको चक्रे बिहीबार साँझ तारेखमा रिहा भएका छन् । निर्वाचन शुरक्षामा खलल पुर्याउन सक्ने आँकलन गरेर काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
चक्रेभन्दा ठिक दुई दिनअघी अर्थात वैशाख २४ गते पक्राउ परेका अर्का डन दिपक मनाङ्गे पनि तारेखमा छुटेका छन् ।
पहिलो चरणको चुनाव सम्पन्न भैसकेको र दोस्रो चरणको चुनावमा समेत असर नपरोस भनेर गुण्डा नाईकेहरुलाई तारेखमा छाडिएको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।
‘दोस्रो चरणको चुनाव सम्म तारेखमा रहनेगरी गुण्डाहरुलाई छाडेका छौं’ एसएसपी जोशीले भने, ‘दोस्रो चरणको चुनाव नसकिँदासम्म उनीहरुमाथि प्रहरी निगरानी जारी रहन्छ ।’
बिहीबार मनाङ्गे, चक्रे र सेक्सी मिलनसहित पाँच जना गुण्डा रिहा भएका छन् ।
एक अर्कालाई दुश्मनको ब्यवहार गर्ने चक्रे र मनाङ्गे एउटै खोरमा करिब दश दिन बसेका थिए । बिहीबार रिहा हुनेबेला फाँटमा सहिछाप गराउन पनि प्रहरीले उनिहरुलाई छुट्टाछुट्टै समयमा उपस्थित गराएको थियो ।
तस्विर : रिपब्लिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण