नागार्जुनको थप चारवटा वडामा नेपाली काँग्रेस
काठमाडौँ, ५ जेठ । नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएका चारवटै वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ६ मा राजेन्द्र बुढाथोकीले एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतमले एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङले ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराईले ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत लामिछानेले अब वडा नं १० को मतगणना मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
यसैगरी प्रमुखमा काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिनुभएको छ । बस्नेतले छ हजार ३६३, एमालेका कृष्णहरि खत्रीले पाँच हजार ८९५ र राप्रपाका उद्धव थापाले दुई हजार ४६८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले पाँच हजार ९८८, एमालेका सुशीला अधिकारीले छ हजार २७५ र राप्रपाकी मीरा कुँवरले दुई हजार २७४ मत प्राप्त गर्नुभएको छ ।
नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण