शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेप्से अध्यक्षमा न्यौपाने

शुक्रबार, ०५ जेठ २०७४, १५ : ५४
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५–नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषद् वैठकले उनलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो । अध्यष न्यौपानेले आइतवार देखि कार्यभार सम्हाल्ने जनाइएको छ । उनले अमेरिकावाट एमवीए गरेका छन् । अर्थशास्त्रका विज्ञका रुपमा उनको परिचय छ । यस अघिका अध्यक्ष रामजी रेग्मीलाई सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरिसकेको छ । उनी राष्ट्र बैंकको सञ्चालक भएपछि नेप्सेको अध्यक्ष पद रिक्त थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप