राष्ट्रिय खनिज नीति पारित
काठमाडौं, जेठ ५– उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति २०७४ पारित गरेको छ । खनिज सम्पदाको दिगो सदुपयोग गरी अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक, चलायमान समृद्ध र आत्मनिर्भर बनाउँदै राष्ट्रको समग्र विकासमा योगदान पु¥याउने उद्धेश्यले नीति पारित भएको जनाइएको छ । यो नीतिमा मुलुकमा उपलव्ध खनिज स्रोतको संरक्षण, संवद्र्धन, उपयोग एवं दीगो विकास गर्दै राष्ट्रको आर्थिक समुन्नतिमा योगदान पु¥याउने, खनिज कार्यलाई सरल, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक कानून निर्माण एवं संघीय ढाँचा अनुरुप संस्थागत संरचना निर्माण गर्ने उद्धेश्य रहेको मन्त्रालयले जनाएको छ । खनिज सम्पदाको उपयोग, विकास एवं नवीनतम प्रविधिको प्रयोग र प्रवद्र्धनका लागि प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई आकर्षित गर्ने पनि उद्धेश्य रहेको छ । यस्तै, बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ नीति, २०७३ पारित पनि भएको छ । यस नीतिले बौद्धिक सम्पत्ति संरक्षण, विकास र प्रवद्र्धनमा, बौद्धिक सम्पत्तिका विधाहरुको व्यवसायीकरणका लागि प्रोत्साहन र बौद्धिक सम्पत्तिको संरक्षणको अधिकार प्रचलनका लागि सशक्त कानूनी र संस्थागत व्यवस्थामा जोड दिएको छ । यस नीति अनुसार ऐनको निर्माण गर्न सैद्धान्तिक सहमति लिने क्रममा रहेको छ । यसले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सघाउने मन्त्रालयले जनाएको छ । यस्तै, पेट्रोलियम नियमावली, २०४१ मा (समसामयिक संशोधन गरी) पाँचौ संशोधन गरी समसामयिक सुधार गरिएको मन्त्रालयले जनाएको छ । यस संशोधित नियमावलीले पेट्रोलियम अन्वेषण÷विकास कार्यका लागि कम्पनी छनौट गर्ने कार्यमा सहजीकरण हुने जनाइएको छ । राजपत्रमा सूचना प्रकाशित हुन साथै कार्यान्वयनमा आउने गरि असार १५ गते भित्रमा ग्लोवल टेण्डर आब्हान गरिसक्ने जनाइएको छ । धनगढी देखि विराटनगर सम्म १० वटा ब्लकको पहिचान भएको र ती सबै ब्लकमा ग्लोबल टेन्डर मार्पmत प्रस्ताव आब्हान गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण