शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी

शुक्रबार, ०५ जेठ २०७४, ०८ : ०५
शुक्रबार, ०५ जेठ २०७४

पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोहन बाँस्तोला एक हजार ७७८ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवेन्द्र बाँस्तोलाले एक हजार ५४९ मत मत प्राप्त गर्नुभयो ।

त्यस्तै सदस्यमा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यका उम्मेदवार तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यका उम्मेदवार टुकुरा परियार, खुला सदस्यका उम्मेदवार राजेन्द्रबहादुर भट्टराई र एमालेका सदस्यका उम्मेदवार लोकराज आचार्य विजयी बन्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप