नराम्रो तरिकाले फसे डोनल्ड ट्रम्पः यसरी झुक्याएर निस्किए विदेश
एजेन्सी
जेठ ५ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो देशमा नराम्रो तरिकाले घेरिएपछि शुक्रबार विदेश भ्रमणमा निस्किएका छन् । अमेरिकी राष्ट्रपति बनेपछि डोनल्ड ट्रम्पको यो पहिलो विदेश यात्रा हो । अमेरिका मिडियाका अनुसार अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताको अनुसन्धान गरिरहेका एफबीआई निर्देशक जेम्स कोमीलाई हटाउने र रुसका विदेशमन्त्री सर्गेई लावरोलाई महत्वपूर्ण गोप्य जानकारी दिएपछि विवादमा फसेका ट्रम्प साउदी अरब, इजराइल, इटाली र बेल्जियमको यात्रामा निस्किएका छन् ।
अमेरिकाको सत्ता सम्हालेदेखि अहिलेसम्म विवादै विवादमा घेरिएका ट्रम्पले के आफ्नो पहिलो विदेश यात्रा सफल बनाउनेछन् भन्ने विषयमा प्रश्न तेर्सिएको छ । रोचक कुरा के छ भने डोनल्ड ट्रम्प आफ्नो पहिलो विदेश यात्राको सुरुवात मुस्लिम देशबाट गरिरहेका छन् । उनी सबैभन्दा पहिले साउदी अरबको रियादमा जानेछन् जहाँ संसारका ५० मुस्लिम देशका नेताहरुलाई सम्बोधन गर्नेछन् । ह्वाइट हाउसको भनाई अनुसार रियादमा डोनल्ड ट्रम्प इस्लामिक देशको इस्लाममा प्रवचन सुनाउनेछन् ।
ट्रम्पको सधैं विवादसँग नाता रहेको छ । सिएनएनको भनाई अनुहार ट्रम्पले विवादको प्रश्नसँग बच्नका लागि विदेश यात्राका लागि जाने विकल्प चुनेका छन् । साधारणतया, अमेरिकी राष्ट्रपति आफ्नो पहिलो विदेश भ्रमणका लागि क्यानडा वा मेक्सीको जस्ता छिमेकी मुलुकको चयन गर्दछन् तर ट्रम्पले निकै भिन्न निर्णय लिएका छन् ।
स्काई न्यूजका अनुसार ट्रम्पलाई लाग्छ कि यदि उनी विदेश भ्रमणका लागि निस्किए, फिर्ता हुने बेलासम्म विवाद समाप्त हुनेछ ।
यसका साथै ट्रम्पको विदेशी भ्रमणको विषयमा यो प्रश्न पनि महत्वपूर्ण छ कि ट्रम्पलाई डिप्लोम्याट अनुभव छैन । उनलाई कुनै प्रकारको कुटनीतिबारे थाहा नभएकाले उनी आफ्नो भ्रमण कसरी सफल बनाउनेछन् ? केही मानिसहरुले उनले सबैभन्दा पहिले मध्यपूर्वको भ्रमण गर्नुका पछाडि आफ्ना अन्य भ्रमणलाई सहज बनाउनका लागि गरेको समेत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण