शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, १६ : ०८
शुक्रबार, ०५ जेठ २०७४

हेटौँडा, ५ जेठ । मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् । कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई÷दुई वडामा नेकपा (माओवादी केन्द्र) र काँग्रेसले विजय प्राप्त गरेका छन् ।

वडा नम्बर– ९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी हुनुभएको छ । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप