ललितपुरको महालक्ष्मी नगरपालिकाको २२९ मत गायब
शुक्रबार, ०५ जेठ २०७४, १६ : २४
ललितपुर, जेठ ५ – ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ को २ सय २९ मत हराएको भन्दै त्यसको छानविन गर्न महालक्ष्मी नगरपालिकाका माओवादी केन्द्रका मेयरका उम्मेदवार शिव कट्टेलले माग गरेका छन् ।
उनले जनताको मत हराउनुमा जिल्ला निर्वाचन आयोग ललितपुर र स्थानीय प्रशासनको कमजोरी भन्दै त्यसको छानवीन हुनुपर्ने बताएका हुन् ।
उक्त वडाको मतगणनाका क्रममा मुचुल्का उठाएभन्दा कम मत पाएपछि आफुले निवेदन समेत दिएपनि त्यसको वेवास्ता गर्दै जिल्ला निर्वाचन कार्यलयले नतिजा प्रकाशन गरेको कट्टेलको भनाई छ ।
यसअघि सो वडामा कांग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण