हुलाकी राजमार्गको काममा अवरोध
कैलाली, ५ जेठ । धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ ।
केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागि सहमति जनाएको थियो । सहमतिपछि १६ किलोमिटर क्षेत्रको भने रुख कटानी गरिएको थियो । बाँकी दुई किलोमिटर क्षेत्रमा रुख कटानीबारे विवाद देखिएको निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख तुरुन्त मण्डलले जानकारी दिए।
सर्भे गरेकोभन्दा बढी रुख काट्नुपर्ने देखिएकाले अन्यौल बढेको उनको भनाइ छ । वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने कारण देखाउँदै वन कार्यालयले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि विवाद थप चुलिएको छ ।
दुई किलोमिटर क्षेत्रमा रुख कटानीका लागि फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएको छ । उक्त हुलाकी राजमार्गको गत मङ्सिरमै उद्घाटन गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण