नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा काँग्रेस विजयी
काठमाडौँ, ५ जेठ । नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।
बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले छ हजार ८७१ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गर्नुभएको छ ।
वडा नं १० को वडाअध्यक्षमा काँग्रेसका सुन्दरबहादुर केसी विजय हुनुभएको छ । नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार सन्तोष चालिसे निर्वाचित हुनुभएको छ ।
आज दिउँसो सम्पन्न मतगणनाअनुसार काँग्रेसका चालिसेले नौ हजार नौ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिनुभयो ।
यस्तै उपप्रमुखमा पनि काँग्रेसकै उम्मेद्वार शान्ति नेपाल निर्वाचित हुनुभएको छ ।
नेपालले आठ हजार ५९८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने नेकपा (एमाले)की उम्मेद्वार शान्ति श्रेष्ठले आठ हजार ६२ मत प्राप्त गर्नुभएको सुवेदीले बताउनुभयो ।
गोकर्णेश्वरमा कुल २१ हजार ८५९ मत खसेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण