शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको निश्कर्ष : ‘सोचेभन्दा कम परिणाम आयो ’

शुक्रबार, ०५ जेठ २०७४, १६ : ३३
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौ, जेठ ५ –सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सोचेभन्दा कम परिणाम आएको निष्कर्ष निकालेको छ । पार्टी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनको प्रारम्भिक नतिजा सोचेभन्दा कम रहेको प्रतिक्रिया दिएकी हुन् । उनले स्थानीय तहको निर्वाचनमा काँग्रेस, एमाले अग्रस्थानमा देखिएपनि आफनो पार्टीको एजेन्डाको जित भएको दावी समेत गरिन् ।

स्थानीय तहको प्रारम्भिक नतिजाबारे शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता भुसालले विरोधीले लगाएको आरोप खण्डन गर्न नसक्दा पार्टीले सोचे अनुसार मत ल्याउन नसकेको तर्क समेत गरिन् । समयमै निर्वाचनको प्रचार अभियानमा जुटन नसक्नु पनि निर्वाचन परिणाम कम आउनुको कारण रहेको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रले केही दिन भित्रै काँग्रेसलाई सरकारको नेतृत्वको हस्तान्तरण गर्ने पनि स्पष्ट पारेको छ । प्रवक्ता भुसालले अव बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने र काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु हुने पनि जानकारी दिइन् । उनले सरकार गठनकै बेला काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएकाले सोही अनुसार अघि बढन आफनो पार्टी प्रतिवद्ध रहेको पनि उल्लेख गरिन् ।

नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा शुक्रबार दिउँसोसम्म ४५ स्थानमा जित हासिल गरेको छ ।

प्रवक्ता भुसालले दोस्रो चरणको निर्वाचनमा भने सानदार जित हासिल गर्ने दावी गरिन् । माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनको समिक्षा गर्न शनिवार विहान पार्टी केन्द्रिय कार्यालयको बैठक समेत बोलाएको छ । बैठकमा बजेट र नयाँ सरकार गठनका विषयमा पनि छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप