क्होलासोंथरमा प्रमुख उपप्रमुखमा एमाले विजयी
लमजुङ, ५ जेठ । स्थानीय क्होलासोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
एमालेका प्रेमबहादुर घले तीन हजार १४४ मतका साथ क्होलासोंथर गाउँपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनाथ गुरुङलाई एक हजार २४४ मतको अन्तरले हराउँदै घले गाउँपालिका प्रमुखमा निर्वाचित भएको हो ।
उपप्रमुखमा तीन हजार ३११ मत ल्याएर एमालेकै कुमारीमुनी गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मनकुमारी गुरुङले एक हजार ५६४ मत ल्याउनुभएको छ ।
सो गाउँपालिकामा एमालेबाट वडा नं– १ मा पेमा गुरुङ, ३ मा खर्काजङ्ग गुरुङ, ४ मा खिमबहादुर गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा दिलकुमारी गुरुङ र ९ मा नन्दजङ्ग गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ ।
काँग्रेसबाट वडा नं २ मा वुद्धि गुरुङ र ८ मा राजु गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । कुल ७ हजार ८७ मतदाता रहेको क्होलासोंथरमा पाँच हजार २५५ मत खसेको थियो ।
लमजुङको बँेसीसहर र सुन्दरबजार नगरपालिकामा एमाले विजयी
त्यसैगरी लमजुङको सदरमुकाम रहेको बेँसीसहर नगरपालिका र सुन्दरबजार नगरपालिकामा एमाले विजयी भएको छ ।
बेँसीसहर नगरपालिकामा नेकपा एमालेका गुमानसिंह अर्यालले सातहजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भेषबहादुर पौडेलले सात हजार ३२७ मत प्राप्त गर्नुभएको थियो ।
सो नगरपालिकाको उपप्रमुखमा एमालेकै लक्ष्मी अधिकारीले सात हजार ५७५ मत ल्याई विजयी हुनुभयो, उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका इन्दिरा तिवारीले छ हजार ९७३ मत प्राप्त गर्नुभएको थियो ।
वडाध्यक्ष पदमा भने एमाले र काँग्रेसले पाँच÷पाँचवटा वडामा जितेका छन् । निर्णायक बनेको ११ वडामा दुई मतले एमालेका अच्युत बगाले विजयी हुनुभएको छ ।
सुन्दरबजार नगरपालिकामा एमालेका जनक मिश्रले चार ९६९ मत ल्याइ विजयी हुनुभएको छ, उहाँका निकटनम प्रतिद्वन्द्वी काँग्रेसका बद्रीमान श्रेष्ठले तीन हजार ४८५ मत पाउनुभएको थियो ।
उपप्रमुखमा स्वतन्त्र उम्मेदवार द्वारिका मिश्रले दुईहजार ७३० मत ल्याएर काँग्रेसकी ज्ञानु शाहलाई ८४४ मत अन्तरले पराजित गर्नुभयो । एमालेले सुन्दरबजारमा आठ वटा वडामा जितेको छ भने काँग्रेसले तीन वटा वडा जितेको छ ।
मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे र उप प्रमुखमा एमालेका राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । दोर्दी गाउँपालिका प्रमुखमा माओवादीका ओमबहादुर गुरुङ र उपप्रमुखमा एमालेका डिलबहादुर घले विजयी हुनुभएको छ ।
मस्र्याङ्दी गाउँपालिका प्रमुखमा एमालेका अर्जुन गुरुङ र उपप्रमुखमा माओवादीका होमबहादुर विश्वकर्मा र दूधपोखरी गाउँपालिका प्रमुखमा काँग्रेसकी छुपीमायाँ गुरुङ र उपप्रमुखमा काँग्रेसकै कमलप्रसाद धिताल विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण