शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकामा शाक्य र जोशीको मत अन्तर बढ्दै

शुक्रबार, ०५ जेठ २०७४, १६ : ४३
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौ, जेठ ५ – काठमाडौ महानगरपालिकाको ३५ हजार ६ सय ११ मतगणना भैसकेको छ । तीनदेखि आठ वडा र २५ देखि ३२ वडाको मत गणना जारी छ । पछिल्लो पटक ३४ जार मतगणना सकिँदा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई पछि पार्दै अग्रता कायम राखेका छन् । त्यस्तै काठमाडौको उपमेयरतर्फ कांग्रेसका हरिप्रभा खड्गी अगाडि छन् । यसैवीच वडानम्बर १ र २ एमालेका उम्मेदवार विजयी भैसकेकका छन् । वडानम्बर २७ मा एक सय मत गन्न बाँकी भएपनि एमालेले आफ्नो जित सुनिश्चित भएपछि विजय र्याली निकालेको छ । सो वडामा वडाध्यक्षका उम्मेदवार चिनियामान वज्राचार्य रहेका छन् । काठमाडौ महानगरपलिका अपडेट ः नेपाली कांग्रेस राजुराज जोशी (मेयर )८११८ हरिप्रभा खड्गी (उपमेयर )१०७३० नेकपा एमाले विद्यासुन्दर शाक्य (मेयर)११८९२ राजाराम श्रेष्ठ (उपमेयर राप्रपा ) ६३३३ विवेकशील रन्जु दर्शना न्यौपाने (मेयर) ४७५९ साझा पार्टी किशोर थापा (मेयर ) ३६१५ माओबादी सर्वोत्तम डंगोल (मेयर) १३५४ सुशीला पौडेल (उपमेयर) १७७१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप