पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि ‘ग्लोबल टेन्डर आह्वान गरिने’
काठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।
उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताए । उनले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताए ।
राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।
छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उनले जानकारी दिए । नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताए ।
‘राष्ट्रिय खनिज नीति, २०७४’ पारित
सरकारले ‘राष्ट्रिय खनिज नीति, २०७४’ पारित गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले खनिज सम्पदाको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउन ‘राष्ट्रिय खनिज नीति, २०७४’ पारित गरिएको जानकारी दिएका हुन् ।
उनले मुलुकमा उपलब्ध खनिज स्रोतको संरक्षण, संवद्र्धन, उपयोग एवम् दिगो विकास गर्दै राष्ट्रको आर्थिक समृद्धिमा योगदान पु¥याउन राष्ट्रिय खनिज नीतिले वातावरण बनाएको दावी समेत गरे ।
राष्ट्रिय खनिज नीति, २०७४ मा खनिज कार्यलाई सरल, प्रभावकारी र परिणाममुखि बनाउन आवश्यक कानुन निर्माण एवम् संघीय ढाँचा अनुरुप संस्थागत संरचना निर्माण गर्ने पनि उल्लेख गरिएको छ । उद्योग मन्त्रालयले पेट्रोलियम नियमावली २०४१ संशोधन गरी अन्वेषण, विकास कार्यका लागि कम्पनी छनौट गर्ने कार्यमा सहजीकरण गर्ने तयारी पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण