हार स्वीकार गर्दै काँग्रेस सभापतिले राजिनामा दिए
शुक्रबार, ०५ जेठ २०७४, १७ : ३८
कास्की, जेठ ५– स्थानीय तह निर्वाचनका क्रममा पार्टीको हार स्वीकार गरी नेपाली कांग्रेसका कास्की सभापतिले राजिनामा दिएका छन् । अन्तरघातका कारण पार्टीले हार ब्यहोरेको भन्दै कास्की सभापति बजिरमान श्रेष्ठले पार्टी सभापतिबाट राजिनामा दिएका छन् ।
जिम्मेवारीबाट संवेदनशील हुन नसकेकोले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी विरुद्धको अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारीको कारण आफूले राजिनामा दिएको उनले बताएका छन् ।
‘कांग्रेसका इमान्दार र कर्मठ सदस्यहरुको सहयोगका बाबजुद पनि नेपाली कांग्रेस कास्कीको यो निराशाजनक परिणामका निम्ति नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य, माननीय सांसदहरु, जिल्ला कार्य समिति तथा क्षेत्रीय कार्यसमितिका सभापति र पदाधीकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु आआफ्नो जिम्मेवारीबाट संवेदनशील हुन नसकेकोले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी विरुद्धको यो अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिँदै नेपाली कांग्रेसलाई विनिर्माण, पुनर्संरचना र पुनर्गठन गरी नेपाली कांग्रेसको ऐतिहासिक उचाईलाई प्राप्त गर्न मार्ग प्रसस्त गरिदिन अनुरोध गर्दछु।’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण