शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजधानीमा सक्रिय पाकेटमारलाई यात्रुले समाते, अनि प्रहरीमा बुझाए

शुक्रबार, ०५ जेठ २०७४, १७ : ४७
शुक्रबार, ०५ जेठ २०७४

जेठ ५, काठमाडौं– सार्वजनिक यातायातमा चढेर पाकेट मार्दै हिँड्ने मोरङ शनिश्चरे स्थायी घर भएका कृष्ण बहादुर खड्कालाई यात्रुले नै समातेर प्रहरीलाई बुझाएका छन् ।

बुधवार काठमाडौंबाट बनेपा जाँदै गरेको गाडीमा शिव भण्डारी लगायतका ब्यक्तिहरुको मोवाईल, पर्स चोरी गर्दै गरेको अवस्थामा यात्रुहरुले खड्कालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले खड्काको साथबाट ४८ हजार नगद सहित विभीन्न देशका मुद्रा र २ थान मोवाईल बरामद गरेको छ ।

कृष्ण बहादुर खड्काको समुहले गौशला देखी जडीबुटीसम्म पाकेट मार्ने गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका ईन्सपेक्टर पुरुषोत्तम पाण्डेले बताए ।

‘कृष्ण बहादुर सहित चार जनाको समुहले गौशाला–जडीबुटी क्षेत्रमा पाकेटमार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ ईन्सपेक्टर पाण्डेले भने, ‘खड्काले सो क्षेत्रमा पाकेट मारेको अर्को घट्ना पनि खुलेको छ ।’ प्रहरीले खड्का उपर चोरीको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप