अमेरिकामा चलचित्र प्रदर्शनको बिषयमा बहस
शुक्रबार, ०५ जेठ २०७४, १७ : ५७
काठमाडौं, जेठ ५– विश्वको आकर्षणको केन्द्र अमेरिकामा नेपाली चलचित्रको बजार बिस्तार गर्न सके आर्थिक तथा गुणस्तरीय लाभ लिन सकिने विचार चलचित्रकर्मीले राखेका छन् । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चलचित्रकर्मीले यो विचार पोखेका हुन् ।
नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना रहेको कार्यक्रममा अमेरिकी दूतावासको पहलमा अमेरिकाबाट नेपाल आएकी चलचित्र निर्देशक शालिनी कौन्तेयको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा निर्देशक कौन्तयले अमेरिकाको लागि आवश्यक चलचित्रको गुणस्तर र निर्माण प्रक्रियाको चलचित्रकर्मीलाई जानकारी दिइन् ।
कार्यक्रममा नेपाल फिल्म सोटाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, निर्देशक बिस्व बस्नेत, उज्वल घिमिरे, केपी पाठक, अभिनेत्री भुवन चन्द लगायत दर्जन बढि कलाकार्मीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण