खुकुरी प्रहारबाट दुई घाइते
शुक्रबार, ०५ जेठ २०७४, १७ : ५५
रसुवा, जेठ ५ – खुकुरी प्रहारबाट उत्तरी रसुवाको स्याफ्रुबेंसीमा आज एक युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का २९ वर्षीय थुर्पु साङ्बो तामाङ छन् । उनको टाउको र कानमा गम्भीर चोट लागेका कारण अपराह्न काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ ।
खुकुरी प्रहार गर्नेको खोजी जारी रहेको र घटनाको यथार्थ बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भने स्याफ्रुबेंसीस्थित राजमार्गमा टायर बाली दोषीमाथि कारबाही गर्न माग गरिरहेका छन् । आक्रोशित भिडले स्याफ्रुबेंसीस्थित प्रहरी चौकीमा तोडफोडसमेत गरेको छ । स्थिति साम्य पार्न थप सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।
नौकुण्ड गाउँपालिकास्थित यार्सामा पनि गए राति खुकुरी प्रहार हुँदा एक युवक घाइते भएकामा ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घाइते र दोषीको नाम ठेगाना नखुलेको बताइएको छ । पक्राउ परिसकेकाहरुलाई आज साँझसम्ममा सदरमुकाम ल्याइने प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण