अफगानिस्तानमा पछिल्लो कारबाहीमा ११३ जना मारिए
शुक्रबार, ०५ जेठ २०७४, १८ : ०२
काबुल, जेठ ५ – अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने अरु झन्डै ५० जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् ।
सुरक्षा फौजले लडाकुहरुले आक्रमणका लागि तयार पारेका हतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिई नष्ट पारेको मन्त्रालयले जनाएको छ ।
देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सुरक्षा कारबाही तिव्र पारेको बताएपछि आफ्नोतर्फ के कति क्षति भएको छ भन्ने बारेमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।
गत दुई वर्षदेखि सरकार विरोधी हिंसा मच्चाइरहेका समुहका विरुद्धमा अफगानिस्तानमा सरकारले सुरक्षा कारबाही चलाइरहेको छ ।
तालिवानी लडाकुसँग बिहीबार कापिसा प्रदेशको टागाबमा भएको भिडन्तमा परी पाँच जना प्रहरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण