शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी रष्ट्रपति ट्रम्पले भने, ‘देश विभाजित भइरहेको छ ’

शुक्रबार, ०५ जेठ २०७४, १८ : ०८
शुक्रबार, ०५ जेठ २०७४
वासिङटन, जेठ ५ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् । उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए । वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए । तर उनले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत वर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गरेको छ । कोमीसँग काम गर्न आपूmलाई निकै गाह्रो भएकाले उनलाई बर्खास्त गर्नुपरेको पनि राष्ट्रपति ट्रम्पले स्पष्टीकरण दिएको छ । अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उहाँलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् । मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त हुनुभएको हो । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । तर मलरलाई स्वतन्त्र भनिए पनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नुहुन्छ भनेर सांसदहरुले टिप्पणी गरिरहेका छन् । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप