शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इरानमा नयाँ राष्ट्रपतियका लागि मतदान

शुक्रबार, ०५ जेठ २०७४, १८ : १३
शुक्रबार, ०५ जेठ २०७४
तेहरान, जेठ ५ – इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए । इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भने । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप