शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ–२ मा एमालेको प्यानल विजयी (फोटो)

शुक्रबार, ०५ जेठ २०७४, १८ : १८
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।

केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गरेका थिए ।

यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप