शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी

शुक्रबार, ०५ जेठ २०७४, १८ : २८
शुक्रबार, ०५ जेठ २०७४
नवलपरासी, जेठ ५– नवलपरासी कावासोती नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ । यसैगरी उपप्रमुखमा पनि एमालेकै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी हुनुभएको छ । प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार पाँच सय ९४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपप्रमुखमा कुल १३ हजार आठ सय १४ मत प्राप्त गरी मर्दनिया विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी खगिसरा गुरुङले ११ हजार छ सय ९३ मत गर्नुभएको थियो । नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएको आठ वटा स्थानीय तहमध्ये आठ वटै स्थानीय तहमा मतगणना सकिएको छ । जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु यसैगरी गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेपाली काँग्रेस विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा एमाले विजयी बनेको छ । नवलपरासीमा छ काँग्रेस र दुई एमाले विजयी स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठ वटा स्थानीय तहमध्ये छ वटा तहमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने दुई वटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा ९एमाले०ले विजयी हासिल गरेको छ । प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली यसैगरी गाँउपालिकातर्फ बुलिङटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली विजयी बनेका हुुन् । यसैगरी एमाले उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी बनेको हो । काँग्रेसले चार वटै गाउँपालिकातर्फ हुम्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिमा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप