शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रतुवामाई नगरमा युवा व्यवसायीको उम्मेदवारी

शुक्रबार, ०५ जेठ २०७४, १८ : ३४
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५ –रतुवामाइ नगरपालिकामा युवा व्यवसायी दामोदर गैरापिप्लीले मेयरमा उम्मेदवारी दिने भएका छन् । गैरापिप्लीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाट उम्मेदवारी दिन लागेका हुन् । आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय निकाय निर्वाचनमा उनले उम्मेदवारी दिने जनाएका हुन् । स्थानिय युवामा लोकप्रिय रहेको युवा व्यवसायी गैरापिप्लीले रतुवामाई नगरको आर्थिक तथा सामाजिक विकासका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । स्थानिय सामाजिक काममा सक्रिय रहेका उनले सो नगरको वाटो, शिक्षा, स्वास्थ्य लगायतको विकास र आर्थिक समुन्नतीका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको वताएका छन् । ‘यो नगरमा आदीवासी, मधेशी र दलित परिवारको ठूलो वसोवास छ, शिक्षा, स्वास्थ्यको विषयमा थुप्रै काम गर्न आवश्यक छ’, उनले भने, ‘समग्र नगरको विकासका लागि मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हँु ।’ उनले नगरको विकासका लागि युवा व्यक्तिकै आवश्यकता रहेको समेत वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप