शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने– मैले ठूलो जिम्मेवारी पूरा गरेँ

शुक्रबार, ०५ जेठ २०७४, १८ : ४१
शुक्रबार, ०५ जेठ २०७४
चितवन, जेठ ५– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो जिम्मेवारी पुरा गरेको दावी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई नै आफू र आफनो पार्टीको जितको रुपमा लिएको प्रतिक्रिया दिए । उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो सफलता हात पारेको उल्लेख गरे । शुक्रबार चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय भवनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा काँग्रेस, एमालेले जितेपनि आफूले जितेजस्तै लागेको पनि बताए । निर्वाचनमा जसले जितेपनि अन्ततः देशकै जित भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई गर्व गर्न पनि आह्वान गरे । प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनको तयारीमा सरकार जुटिसकेको पनि स्पष्ट पारे । उनले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु चुनौति रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारको ठूलो मेहनतपछि पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित सबै राजनीतिक दलहरुले भाग लिन विश्वास समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप