शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकामा एमालेकै अग्रता कायम

शुक्रबार, ०५ जेठ २०७४, १९ : २१
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५ – काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकै अग्रता कायम रहेको छ । पछिल्लो समय कुल ३५ हजार ६ सय ११ मत गनेर सक्दा नेपाली कांग्रेसका राजुराज जोशीले मयेरका लागि जम्मा ८ हजार १ सय १८ मत पाएका छन् । र उपमेयरको हरिप्रभा खड्कीले १० हजार ७ सय ३० मत पाएका छन् । त्यस्तै, एमालेले मत परिणाम फराकिलो बनाउँदै विद्यासुन्दर शाक्यले ११ हजार ८सय ९२ मत पाउन सफल भएका छन् । एमालेसँग उपमेयरमा तालमेल गरेका राप्रपाको भने ६ हजार ३ सय ३३ मत पाएका छ । त्यस्तै, मेयर पदकै लागि नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डंगोलले जम्मा १ हजार ३सय ५४ मत पाएका छन् भने, उपमेयरमा १हजार ७ सय ७१ मत मात्र पाएका छन् । त्यस्तै, साझा पार्टीका किशोर थापाले मयरमा जम्मा ३ हजार ६ सय १५ मत पाएका छन् । उपमेयरमा २हजार२ सय ४३ मत छ । विवेशील पार्टीका रञ्जु दर्शना न्यौपाने ले ४ हजार ७ सय ५९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप