शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजविराजलाई उपमहानगरपालिका बनाउन माग

शुक्रबार, ०५ जेठ २०७४, २० : ०२
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौँ, जेठ ५ – राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गरिएको छ । पूर्वसिँचाइमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव, जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्था तथा सामाजिक अभियानकर्मीले संयुक्त रुपमा सो माग गरेका हुन् । नेपालमै पहिलो पटक व्यवस्थित बस्ती निर्माण एवम् सहरीकरण गर्ने लक्ष्यका साथ बसाइएको उक्त नगरपालिका पूर्वाधारको हिसाबले सक्षम रहेकाले त्यसलाई उपमहानगरपालिका बनाउनु जायज रहेको संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत ध्यानाकर्षण गराइसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीसमेत सकारात्मक रहनुभएको उल्लेख गरिएको छ । माओवादी केन्द्रको संसदीय दलले समेत राजविराजलाई उपमहानगरपालिका बनाउनुपर्ने निर्णय गरिसकेको छ । सो कार्यमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप