मुख्य निर्वाचन कार्यालय शनिबारदेखि पूर्ण सञ्चालन आउने
शुक्रबार, ०५ जेठ २०७४, २० : ०६
काठमाडौँ, ५ जेठ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा सञ्चालन आउने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन् ।”
विसं २०७४ जेठ ३१ गते बुधबार हुने दोस्रो चरणको निर्वाचनमा चार प्रदेशका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । प्रदेश नं १, २, ५ र ७ प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकामा हुनेछ । सो निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाता रहेको आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतले यही जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीको तालिम सञ्चालन गर्नेछन् । निर्वाचन कार्यक्रमनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ मतदान केन्द्र रहने छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण