‘रोटरी जर्नो अवार्ड’ छ जनालाई
शुक्रबार, ०५ जेठ २०७४, २० : ११
काठमाडौँ, ५ जेठ – ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट–३२९२’ ले छ वर्षदेखि प्रदान गर्दै आएको विभिन्न विधाका छ पत्रकारलाई यस वर्षका ‘रोटरी जर्नो अवार्ड २०१७’ प्रदान गर्ने निर्णय गर्ने भएको छ ।
छनोट भएका पत्रकारमा रोश्ना सुब्बा (शिक्षा), पदमराज जोशी (स्वास्थ्य), सरोज कोइराला (वातावरण), सुजित महत (आर्थिक), प्रतिमा सिलवाल (महिला) र भूषण यादव (मूलधार माध्यम) हुनुहुन्छ । पुरस्कारको राशि रु जनही रु पच्चिस हजार छ ।
पत्रकारिताका विज्ञ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवम् अन्य सञ्चार संस्थाका प्रतिनिधि सम्मिलित छनोट समितिको बैठकले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विभिन्न विधागत पत्रकारिताका संस्था शिक्षा पत्रकार समूह, नेपाल स्वास्थ्य पत्रकार समूह, नेपाल वातावरण पत्रकार समूह, नेपाल आर्थिक पत्रकार समाज र सञ्चारिका समूहले प्रत्येक विधाका लागि सिफारिस गरेका तीन तीन पत्रकारमध्येबाट उहाँहरु छानिनुभएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण