स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बजेट ल्याइने
शुक्रबार, ०५ जेठ २०७४, २० : १५
काठमाडौँ, जेठ ५ – उपप्रधानमन्त्री कृष्णबहादुर महराले आगामी बजेट स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बनाइने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले यहाँ आज आयोजना गरेको ‘नेपालको अर्थतन्त्रमा राजनीतिक सङ्क्रमणकालको प्रभाव’ विषयको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री महराले स्थानीय तहमा राजनीतिक मात्र नभई आर्थिक अधिकार पनि दिइने बताए । “स्थानीय तहमै बजेट दिन्छौँ, कार्यक्रम गाउँपालिका र नगरपालिकाले आफैँ बनाउँछन्, तीन तहको निर्वाचनसँगै अर्थतन्त्र अझ सुदृढ हुनेछ”, उनले भने ।
कार्यक्रममा उपप्राध्यापक रमेश दुलालले शान्ति प्रक्रियाअघि आर्थिक वृद्धिदर ३।८९ रहेकामा शान्ति प्रक्रियापछि लगत्तै ४।१ प्रतिशत पुगेको जानकारी दिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षत्री, अर्थशास्त्री डा शुरवीर पौडेल र अनन्तकुमार मैनाली, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल घरेलु उद्योग महासङ्घका उपाध्यक्ष विष्णु लुइँटेल, सङ्गठनका अध्यक्ष श्यामबहादुर पाठकलगायतले सङ्क्रमणकालमै पनि आर्थिक अवस्था सुधारोन्मुख भए पनि सन्तोषजनक नभएको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण