शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कामपाको वडा २७ मा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, २० : २४
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौँ, जेठ ५ – काठमाडौँ महानगरपालिकाको वडा नं २७ मा नेकपा९एमाले० विजयी भएको छ । एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप