जावलाखेल क्लबका महासचिवको निधन
शुक्रबार, ०५ जेठ २०७४, २० : २९
काठमाडौँ, जेठ ५ – जावलाखेल युथ क्लवका महासचिव मनमोहन केसीको आज बिहान निधन भएको छ ।
मुटुको समस्या र निमोनियाले च्यापेपछि उनलाई बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएकामा स्थिति गम्भीर भएपछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो ।
आज बिहान करिब १ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व केसीका श्रीमती र एक छोरा छन् । केसीको पार्थिव शरीर शनिबार बिहान क्लबमा अन्तिम श्रद्धाञ्जलिका लागि राखी सोही दिन दाहसंस्कार गरिने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि
नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको सहभागिता निश्चित भइसकेको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिए । पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ९४ कांस्यपदकका लागि प्रतिस्पर्धा हुनेछ । विगतका सबै संस्करणमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण