शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विवाद भएपछि भरतपुर महानगरको मतगणना प्रभावित

शुक्रबार, ०५ जेठ २०७४, २० : २७
शुक्रबार, ०५ जेठ २०७४
चितवन, जेठ ५– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा विवाद भएपछि मतगणना प्रभावित भएको छ । गणना गरिने मत संख्या र सार्वजनिक गरिने संख्या फरक फरक आएको भन्दै विवाद भएपछि मतगणना प्रभावित भएको हो । दलहरुको विवादका कारण मतगणना कार्य स्थगित भएको छ । निर्वाचन समितिले मत जोड्दा त्रुटी गरेको भन्दै नेपाली काँग्रेस र माओवादी कैन्द्रका प्रतिनिधिहरुले विरोध जनाएका छन् । दलका प्रतिनिधिहरुको मत संख्या र कम्प्युटरबाट प्रकाशित गरिने मत संख्या फरक भएको भन्दै उनीहरुले विरोध जनाएका छन् । सोही विवादका कारण गणना प्रभावित भएको छ । भरतपुर महानगरमा पछिल्लो पटक एमाले उम्मेदवार देवी ज्ञवालीको १५१५५ मत प्राप्त भएको छ भने काँग्रेस माओवादी गठबन्धनकी उम्मदेवार रेणु दाहालको १४८०९ मत रहेको छ । केही समयअघि भने रेणुको अग्रता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप