शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१० बुँदे सहमतिसँगै भरतपुर महानगरको मतगणना सुरु

शनिबार, ०६ जेठ २०७४, ११ : २०
शनिबार, ०६ जेठ २०७४
चितवन, जेठ ६– भरतपुर महानगरपालिकको अवरुद्ध मतगणना सुरु भएको छ । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएसँगै मतगणना सुरु भएको हो । यसअघि शुक्रबार साँझ निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिस्कार गरेका थिए । अहिले हिजो गणना हुँदा हुँदै रोकिएको १० नम्वर वडाबाट मतगणना भएको छ । यस्तै हिजो विवाद भएका अन्य वडाका वारेमा सर्वदलीय कार्यदलले टुंगाउने सहमति भएको छ । सर्वदलीय कार्यदलले देखिएको समस्या हल गर्दै जाने बताइएको छ । १० नम्वर वडापछि २९, ११ वडापछि २८ वठा गरी दुईतिरबाट मतगणना गरिने सहमतिमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप